देवचुलीमा लगाए ३ सय भन्दा बढिले दोस्रो चरणको कोभिड खोप

विशाल बराल ,९, वैशाख देवचुली,  देवचुली नगरपालिकामा ३ सय भन्दा बढि व्यक्तिले दोस्रो चरणको कोभिड १९ खोप लगाएका छन् । विश्वभरी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ बिरुद्धको दोस्रो चरणको खोप देवचुली नगरपालिकाको दुम्कौली अस्पतालमा दोस्रो खोप लगाइएको हो ।

 

बैशाख ८ गते १ सय ९४ जना र ९ गते १ सय ५५ जना गरि जम्मा ३ सय ४९ जनाले खोप लगाएको देवचुली नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव शिव पराजुलीले जानकारी दिनुभयो । उहाँले खोप लगाउन छुटेका अन्य व्यक्तिहरुले गैडाकोट र कावासोतीको खोप केन्द्रमा पुगेर समेत खोप लगाएको जानकारी दिनुभयो ।