निर्वाचन आयोगले बोलाएको बैठकमा होहल्ला र नाराबाजी

२२ चैत, काठमाडौं । स्थानीय तहको निर्वाचन आचारसंहितामा लिखित प्रतिबद्धता जनाउन निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा होहल्ला भएको छ । आयोगले आचारसंहिता पालना गर्नका लागि लिखित प्रतिवद्धतामा हस्ताक्षर गराउन खोजेपछि छलफल बिनै हस्ताक्षर गराउन खोजेको भन्दै विभिन्न दलहरुले आपत्ति जनाएर विरोध गरेका हुन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले संयमित भएर आ–आफ्नो स्थानमा बस्न आग्रह गरे पनि दलका प्रतिनिधिहरुले मानेनन् । होहल्ला र नाराबाजी जारी रहेपछि असहज स्थिति सिर्जना भएको छ ।
निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दललाई मंगलबार बोलाएको थियो । आयोगले दलका प्रमुख तथा प्रतिनिधिहरुलाई छलफलमा बोलाएको भएपनि कतिपय दलका अध्यक्ष र कतिपयका केन्द्रीय सदस्यहरु समेत उपस्थित भएका भन्दै केही दलहरुले आपत्ति समेत जनाएका थिए ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै