टिपरले मोटरसाईकललाई ठक्कर दिँदा एक युवकको मृत्यु

पश्चिम नवलपरासीको जहदामा टिपरले भारतीय मोटरसाईकललाई ठक्कर दिँदा एक युवकको घनास्थालमै मृत्यु भएको छ । मोटरसाईकलमा सवार अन्य दुई जनाको अवस्था उपचार पश्चात सामान्य रहेको छ भने चालकको घटना स्थलमै मृत्यु भएको छ । विहीबार विहान पौने १० बजेको समयमा भएको दुर्घटनामा परि सरावल गाउँपालिका–५ फुलवरियाका २० वर्षीय धनई राजभरको मृत्यु भएको हो । बर्दघाट नगरपालिका वडा नम्बर १२ जहदा स्थीत भित्री बाटोमा ना ४ ख २२९६ नम्बरको टिपरले भारतीय युपी ५३ एसी ९८०२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । घाइते दुई जनाको सहिद स्मृती सामुदायिक अस्पताल चौपत्तामा उपचार भैरहेको सहकर्मी बसन्त पौडेलले जानकारी दिनुभयो । स्थानीयले ठक्कर दिने टिपरमा तोडफोड गरेका छन् । अहिले घटना भएको स्थानमा तानव भैरहेको र प्रहरीले तनावलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको पौडेलले बताए।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

९ असोज, काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग ललिता