डि सिने अवार्डः बेस्ट प्लेब्याक सिगंर अफ द इएर २०२२ को उपाधी गायक कृष्ण काफ्लेलाइ

यस वर्षको उत्कृष्ट पार्श्व गायक उपाधी गायक कृष्ण काफ्लेले प्राप्त गर्नुभएको छ ।

छायाछवि मिडिया प्रालीले बर्सेनी आयोजना गर्दै विभिन्न विधामा उपाधी प्रधान गर्दै आइरेहेको छ । यसअन्तर्गत छायाछवि डि सिने अवार्डको १२ औ संस्करणमा उत्कृष्ट पार्श्व गाएक विधा अन्र्तगत काफ्लेले उक्त उपाधी हात पार्न सफल हुनुुभएको हो ।

विगतमा पनि चलचित्र छक्का पन्जा १ मा देख न चम्पा वोलको गितबाट समेत नवौ संस्करणको अवार्ड प्राप्त गर्न सफल काफ्ले यस वर्षको उपाधी समेत प्राप्त गर्न सफल हुनुभएको हो ।

चलचित्र मारुनीमा रहेको हाने मैले झटारो वोलको गितबाट काफ्ले अवार्डको लागी छनोट हुनुभएको हो । गितमा गाएक काफ्ले र पुरुषोत्तम ढुंगेलको शव्द , सगित समेत काफ्लेको रहेको उक्त गितमा काफ्ले र अन्जु पन्तको स्वर रहेको छ । 

चलचित्रबाट निर्देशक नवल नेपालले उत्कृष्ट चलचित्र निर्देशकको अर्वाड, नायक पुष्प खडका उत्कृष्ट नायक अर्वाड, उत्कृष्ट छांयाकार अर्वाड सन्जय लामा, उत्कृष्ट पटकथाबाट गोविन्द फुयाल, संगै मारुनी चलचित्रले उत्कृष्ट चलचित्र अर्वाड प्राप्त गर्न सफल भएको छ ।