सेयर बजार घट्ने क्रम रोकिएन

२८ चैत, काठमाडौं । अघिल्लो साता एक दिन बाहेक सबैदिन घटेको सेयर बजार यो साताको पहिलो कारोबार सोमबार पनि घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ४४ दशमलव ६४ अंकले घटेर सोमबार २४ सय १९ दशमलव ७१ अंकमा घटेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ३८ अंकले झरेको छ । कारोबार रकम भने २ अर्ब नाघ्यो । दिनभर भएका ४० हजार ५०७ कारोबारबाट २३३ कम्पनीका ५० लाख ९५ हजार ८३४ कित्ता धितोपत्र खरिदबिक्री भए ।
कसले कमाए ? कसले गुमाए ?
दोस्रो नम्बरमा देखिएको जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य ४४ रुपैयाँ ६० पैसाले बढेर ४९१ रुपैयाँ १० पैसामा पुगेको छ । यसैगरी महालक्ष्मी विकास बैंक लिमिटेडको सेयरमूल्य ३८ रुपैयाँले बढेर १४ सय ५० रुपैयाँ पुगेको छ ।
धेरै घट्नेमा इमर्जिङ नेपाल पहिलो नम्बरमा देखिएको छ । यस कम्पनीको सेयरमूल्य १११ रुपैयाँले घटेर १ हजार १ रुपैयाँमा झरेको छ । यसैगरी राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्था १५१.९० रुपैयाँले घटेर १३ सय ८० दशमलव १० रुपैयाँमा झरेको छ ।
धेरै घट्ने तेस्रो नम्बरमा देखिएको एनटीसीको सेयरमूल्य ७० रुपैयाँले घटेर १०६० रुपैयाँमा झरेको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै