केही मानिसहरूको सन्कीपनले देशको नीति भाँडियो : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले केही मानिसहरूको सन्कीपनले देशका नीतिहरू भाँडिएको आरोप लगाउनुभएको छ ।
सोमबार काठमाडौंमा चैत्र २७ गतेबाट सुरु भएको स्वास्थ्य वैज्ञानिकहरूको आठौं सम्मेलनमा सचिव भट्टराईले देशमा विदेशी मुद्राहरूको सिञ्चिति घटिरहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।
एमाले सचिव भट्टराईले सरकारले अहिलेको अवस्थाम विदेशी मुद्रा आयात गर्ने भन्दा स्वदेशी मुद्रालाई बाहिर पठाइरहेको आरोप लगाउनुभयो । नेपालमा शिक्षा र स्वास्थ्यमा भएको नियोजनका कारण नेपाली विद्यार्थी विदेश पलायन भइरहेको उहाँको भनाइ छ ।
सचिव भट्टराईले जनशक्ति उत्पादनको विषयमा ध्यान दिँदै जनसंख्या र जनशक्ति उत्पादन गर्ने कुरालाई सन्तुलित बनाउन आवश्यक रहेको बताउनुभयो ।
‘जनसंख्या र जनशक्तिको रेस्यूमा हामी ठिक ठाउँमा छौं कि छैनौं भन्ने पनि छलफलको विषय छ,’ उहाँले भन्नुभयो, ‘कुनैपनि उमेर समूहका कुनै पनि मानिसहरू स्वास्थ्यको आधारभुत सेवाबाट वञ्चित हुनुहुँदैन ।’
सचिव भट्टराईले कुनै पनि उमेर समूहका मानिसहरूलाई स्वास्थ्यको आधारभुत सेवाबाट वञ्चित गर्न नहुने पनि बताउनुभयो ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै