शुक्रबार देखि राष्ट्रिय परिचयपत्र तथा सेवा इकाई दर्ता शिविर सञ्चालन

माधब सुबेदी, १०, बैशाख देवचुली

देवचुली नगरपालिकाको आयोजनामा बैशाख १० गते शुक्रबार देखि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको समन्वय तथा सेवा इकाई दर्ता शिविर सञ्चालनमा आएको छ । उक्त दर्ता शिविरमा व्यत्तिmगत घटना जन्म, मृत्यु, विवाह, बसाइसराई र सम्बन्ध विच्छेद जस्ता घटनाहरु दर्ता गरिने भएको देवचुली नगरपालिकाकी उपप्रमुख पार्वता तिवारीले बताउनुभयो । उहाँले गुनासो दर्ता र सामाजिक सुरक्षा भत्ताको निवेदन दिने व्यवस्था गरिएको बताउनुभयो । पहिलो दिन देवचुली नगरपालिकाको वडा नं १६ र १७ स्थानमा ६ स्टेशनहरु संचालन भएको थियो भने सोहि दिन जन्मदर्ता, विवाहदर्ता, बसाईसराई गरि ७ वटा घटना र सामाजिक सुरक्षा भत्ताका लागि २ वटा र गुनासोको १ वटा निवेदन दर्ता भएको छ ।शिविर बैशाख १० गतेबाट १३ गते सम्म रजहरमा , १४ गते बाट १९ गतेसम्म, दिव्यपुरी, २० गतेबाट २८ गतेसम्म प्रगतिनगरमा संचालन हुने भएको छ ।