विश्व हिन्दू महासंघ पूर्वी नवलपरासी नवलपुरद्वारा कावासोती नगर समिति गठन

भेलामा आफ्ना भनाइ राख्दै वैदिक धर्म परिषदका केन्द्रिय सदस्य भट्टराई प्रकास भुषाल, वैशाख—९—०७८,एन सञ्चार || वैदिक धर्म परिषद नेपालका केन्द्रीय सदस्य आचार्य भूपेन्द्र भट्टराईको विशेष उपस्थितिमा विश्व हिन्दू महासंघ नवलपुरका अध्यक्ष पं. थानप्रसाद शर्मा भुर्तेलको सभापतित्वमा नर्मदेश्वर शिवालय मन्दिर कावासोती -२ शिवमन्दिरमा आज भएको भेलामा समाजसेवी छत्रराज बगाले , कावासोती -८का का.वा. अध्यक्ष देवी पाध्या ( पौडेल ) , विश्व हिन्दू महासंघ नवलपुर जिल्ला उपाध्यक्ष नारायणी भट्टराई , जिल्ला सदस्यहरु खुमबहादुर सुनार , खुमकान्त गौडेल र यज्ञप्रसाद भुसाल समेतको शुभकामना मन्तव्यबाट शुरु भएको थियो ।

भेलामा सहभागी महानुभावहरु

भेलाले भूपति भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय कावासोती नगर समिति गठन गरेको छ ।cजसमा उपाध्यक्ष देवी पौडेल , इन्द्रलाल भट्टराई र महिला तर्फ गोमा नेपाली र कोषाध्यक्षमा दिलबहादुर सुनार रहनु भएकोछ । त्यस्तै सदस्यहरुमा लिलाबल्लभ गौडेल , थानकुमारी कँडेल ( सिर्जना ) , नारायण पौडेल , सिताराम महतो , नन्दलाल कँडेल , हेमन्त गिरी , दुर्गाप्रसाद गौडेल , शिव काफ्ले , हिमलाल गैरे , दुर्गाप्रसाद त्रिपाठी , विष्णुप्रसाद भुसाल , गोविन्द लम्साल , डम्बर अर्याल , छविलाल सापकोटा आदि रहनु भएको छ ।