तीर्थयात्री बोकेको बस कागबेनीमा दुर्घटना, एक जनाको मृत्यु, २८ जना घाइते

१५ वैशाख, मुस्ताङ । विराटनगरदेखि मुस्ताङको मुक्तिनाथ तीर्थ यात्रामा गएको ना ५ क २१५९ नम्बरको बस दुर्घटनामा परेको छ । ३८ जना तीर्थयात्री बोकेको उक्त बस मुस्ताङको कागबेनीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार बस दुर्घटनामा २८ जना घाइते भएका छन् । मृत्यु हुने ३८ वर्षकी महिला रहेको उनले बताए ।
उनका अनुसार मुस्ताङको वारागुङ गाउँपालिका-१ मा बस दुर्घटना भएको हो । घाइतेहरूको मुस्ताङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै