व्यवसाय प्रवद्र्धन र सुचना प्रविधी विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

भरतपुर चितवन : उद्योग वाणिज्य संघ–चितवनको सभाकक्षमा  साेमबार एक दिवसिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवन र कम्प्यूटर एशोसियसन अफ नेपाल चितवन शाखाको सयुक्त आयोजनामा व्यवसाय प्रवद्र्धनमा सुचना प्रविधी विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।
राष्ट्रि सञ्चार तथा सूचना प्रविधि दिसको अवसरमा आायोजित उक्त कार्यक्रमा बोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले व्यवसायलाई कसरी सुचना प्रविधी संग जोड्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले अवको व्यवसाय प्रवद्र्धन हार्डवर्कीङ्गको जमाना बाट नेटवर्कीङ्गको जमानामा प्रवेश गरिसकेकोले प्रविधि र व्यवसायलाई जोड्नुपर्ने धारणा राख्नुभयो ।

उहांले अहिलेको बजार बृहत भएको बताउदै प्रतिष्पर्धामक रुपमा आफुलाई प्रविधि मैत्री बनाउन व्यवसायीलाई अनुरोध गर्नुभयो । सोही कार्यक्रममा वोल्दै कम्प्यूटर एशोसियसन अफ नेपालका कार्यकारीणी सदस्य श्री भानु शर्माले अवको व्यवसाय B2C नभएर D2C हुनुपर्ने धारण प्रस्तुत गर्नुभएको थियो ।

व्यवसाय प्रवद्र्धन र सुचना प्रविधी विषयक प्रस्तुतीकरण Cyber कानुनका विज्ञ राजनराज पन्त र कम्प्यूटर एशोसियसन महासंघका कार्यसमिति सदस्य ई. कृष्ण पोखरेलले प्रस्तुतीकरण दिनुभएको थियो ।

उक्त कार्यक्रमा उद्योग वाणिज्य संघ–चितवनका प्रथम उपाध्यक्ष चिरञ्जिवि सुवेदी, तृतिय उपाध्यक्ष सिरिष पन्त, क्यानका वागमती प्रदेश उपाध्यक्ष विष्णुप्रसाद लामिछाने, उद्योग वाणिज्य संघ–चितवका कार्यसमिति सदस्य, संघमा आवद्ध बस्तुगत संघका अध्यक्ष एवं पदाधिकारीज्यूहरुको उपस्थिति रहेको थियो । करिब ८० जना व्यवसायीहरुको सहभागिता रहेको उक्त कार्यक्रम कम्प्यूटर एशोसियसन अफ नेपाल चितवन शाखाका अध्यक्ष एवं उवासंघ चितवनका कार्य समिति सदस्य सन्तोष जनक भुसालले धन्यवाद सहित सम्पन्न कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।