आईजीपी नियुक्ति विवाद : मुद्दाको सूचना नहुँदै सुनुवाइमा पुग्यो सरकारी पक्ष

२१ वैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्ति विवादमा रिट निवेदनको औपचारिक जानकारी नहुँदै महान्यायाधिवक्ता कार्यालयले प्रतिरक्षा गर्ने भएको छ ।
बुधबार उक्त मुद्दामा प्रारम्भिक सुनुवाईकै क्रममा महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित केही सरकारी वकिलले ‘छलफलमा सरिक हुन पाउँ’ भनी इजलासमा निवेदन दिएका हुन् ।
सर्वोच्च अदालतले मुद्दा परेको सूचना सहितको पत्र दिएपछि मात्रै सरकारी पक्षले त्यसबारे औपचारिक सूचना पाएको मानिन्छ र उनीहरु प्रतिवादमा आउँछन् ।
कतिपय अवस्थामा भने आफ्नो विपक्षीले निवेदन पेश गरेको थाहा पाएमा सरकारी पक्ष हस्तक्षेपमा जाने र छलफलमा आफू पनि सरिक हुन पाउँ भन्दै निवेदन दिने चलन हुन्छ ।
इजलासले अनुमति दिएमा यस्तो अवस्थामा सरकारी पक्षले पनि आफ्नो भनाइ वा धारणा राख्न पाउँछन् । सरकारले अति महत्वपूर्ण र संवेदनशील ठानेका विषयमा यसरी ‘प्रोएक्टिभ’ भएर अदालतमा जाने चलन हुन्छ ।
एआईजी पोखरेलले दिएको रिटमाथिको प्रारम्भिक सुनुवाइका क्रममा आफूहरु पनि सामेल हुन पाउनुपर्ने माग राखी महान्यायाधीवक्ता खातीसहितको टोली सर्वोच्च पुगेको हो ।
उनको साथमा नायब महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरे, सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मी लगायतका सरकारी वकिलहरु छन् । नवनियुक्त प्रहरी महानिरीक्षक सिंहको प्रतिनिधित्व गर्ने केही कानून व्यवसायीहरुले पनि छलफलमा सरिक हुन निवेदन दिएका छन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै