वडाध्यक्षद्वारा सामुदायिक वन प्रवेशद्वारको शिलन्यास

देवचुली, माधब सुबेदी
देवचुली वडा नं १६ रजहरमा अवस्थित धुसेरी सामुदायिक वन उपभोक्ता समुहको सामुदायिक वन प्रवेशद्वारको शिलन्यास गरिएको छ ।
देवचुली नगरपालिका वडा नं १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्रीले सो प्रबेशद्वारको शिलन्यान गर्नुभएको थियो ।

No description available.
शिलन्यान कार्यक्रममा बोल्दै वडाध्यक्ष क्षेत्रीले सामुदायिक वन र वडालाई चिनाउने खालको साथै अन्य प्रवेशद्वार भन्दा फरक सामुदायिक वन प्रबेशद्वार हुने विश्वास व्यक्त गरेको बताउनुभयो ।

No description available.

उहाँले प्रवेशद्वार निर्माणको लागि वडाका प्राविधिकद्वारा छलफल गरि निर्माण गर्न लागिएको बताउदैं यसलाई पर्यटककीय क्षेत्रको रुपमा समेत लैजाने गरि निर्माण हुनेछ भन्दै शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।

No description available.

यसैगरि समाजसेवी, ललित बहादुर बोहोराले धुसेरी सामुदायिक वन प्रवेशद्वार जिल्लाकै एक नमुना द्वार बन्न सक्ने बताउदै निर्माण कार्यमा सामुदामयिक वनका कर्मचारी र स्थानिय बासीको हातेमालो जरुरी रहेको बताउनुभयो ।

No description available.

उहाँले जुद्द प्रसाद वाग्ले हुदाँको कार्यकालमा देखेको सपना आज लोक बहादुर कार्कीको कार्यकालमा निर्माण हुन लागेकोमा खुसी व्यक्त गर्नुभयो । त्यस्तै धुसेरी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लोक बहादुर कार्की क्षेत्रीले प्रवेशद्वार निर्माणको लागि सामुदायिक वनको करिब १५ लाखको बजेट रहेको बताउनुभयो । उहाँले २०७८ असार मसान्त सम्म निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो । कार्यक्रममा जनजागृत आमा समुह, जनकल्याण सामाजिक विकास केन्द्र फिर्के, रजहर बजार व्यवस्थापन, टोल सुधार समितिका पदाधिकारीहरु लगाएतको उपस्थिती रहेको थियो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 81 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    • २०८१ माघ २७, आईतवार २१:१७
    • 21 views
    नवलपुर महोत्सवमा सोमबारदेखि रत्यौली प्रतियोगिता सुरु ।

    माघ २६, नवलपुर । नवलपुर महोत्सवमा भोलि सोमबारदेखि रत्यौली प्रतियोगिता शुरु हुदैछ । नेपाली समाजमा बैवाहिक उत्सवको खुशीयालीमा दुलाहाका घरमा महिलाहले गर्ने सामुहिक मनोरुजनलाई पुस्तान्तरण र जगेर्ना गर्ने अभिप्रायले सातौं…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *