गठबन्धनका बागी उम्मेदवारलाई कैलालीमा पुगेर प्रचण्डले मागे भाेट

कैलाली । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनका बागी उम्मेदवारलाई कैलालीमा पुगेर भाेट माग्नुभएकाे छ ।
गठबन्धनका उम्मेदवारले चुनाव हारे देशमा दूर्घटना हुन्छ भन्दै हिंड्नु भएका अध्यक्ष प्रचण्डले कैलाली पुगेर भने गठबन्धनका बागी उम्मेदवारलाई भोट माग्नुभएको हाे । कैलालीको कैलारी गाउँपालिका पुग्नु भएका दाहालले आज साेमबार गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिएका माओवादी केन्द्रका उम्मेदवार लक्ष्मी सत्गौवालाई भोट माग्नु भएको हो ।
नेपाली कांग्रेसले उपाध्यक्षमा भगवती चौधरीलाई उम्मेदवार बनाएकाे छ । तर उपाध्यक्षकी कांग्रेस उम्मेदवार विरुद्ध माओवादीकी लक्ष्मी सत्गौवाले उम्मेदवारी दिनुभएकाे छ ।
बागी उम्मेदवारी दिनुभएकी सत्गौवालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भोट माग्नुभएको हाे ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै