बौदीकाली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी

काठमाडौं । नवलपुरको बौदीकाली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझा निर्वाचित हुनुभएको छ।

उहाँले निकटतम प्रतिस्पर्धी नेपाली काङग्रेसका केवी रानालाई ४ सय ३५ मतान्तरले पराजित गर्नु भएको हो। एमालेका ओझाले ३ हजार ९ सय ७६ मत प्राप्त गर्दा कांग्रेसका रानाले ३ हजार ५ सय ४१ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा नेकपा एमालेकै डिलकुमारी सारु निर्वाचित हुनुभएको छ। उहाँले निकटतम प्रतिस्पर्धी कांग्रेसकी धनकान्ति घिमिरेलाई ४ सय ५६ मतान्तरले पराजित गर्नुभएको हो ।

सारुले ३ हजार ९ सय ६२ र घिमिरेले ३ हजार ५ सय ६ प्राप्त गर्नुभएको छ ।