आमा समुह र टोल विकास समितिको ३ कोठे भवन शिलन्यास

देवचुली माधब सुबेदी,

देवचुली १६ रजहरमा अवस्थित सृजनशिल आमा समुह र सृजना टोल विकास समितिको संयूक्त लगानिमा ३ कोठे भवनको शिलन्यास गरिएको छ । उक्त भवनको शिलन्यास देवचुली नगरपालिका वडा नं १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्रीले गर्नुभएको थियो । शिलन्यास कार्यक्रममा बोल्दै वडाध्यक्ष क्षेत्रीले महिलाहरु र टोल विकास समितिका व्यक्तिहरुको क्षमता विकास र नेतृत्व विकास का लागि वडाबाट विभिन्न किसिमका कार्यक्रम तथा बजेट ल्याउने समेत बताउनुभयो । उहाँले परिवार तथा समाजको विकासमा टोल विकास समिति व्यक्तिहरु र महिलाहरुको भुमिका महत्वपुर्ण रहेको बताउदै आगामी दिनहरुमा पनि वडा साथमा रहेको बताउनुभयो ।

 

यसैगरि सृजना टोल विकास समितिका अध्यक्ष कृष्ण बहादुर अधिकारीले वडाबाट सृजनशिल आमा समुहलाई २ लाख ५० हजार र सृजना टोल विकास समितिलाई ५० हजार उपलब्ध भएको बताउदै सोहि दुबै संस्थाको संयूक्त आयोजनामा सुरु गर्न लागिएको बताउनुभयो । उहाँले उक्त भवनमा थारु कल्याण संस्थालाई समेत कोठा दिने गरि फराकिलो भवन निर्माण गर्ने बताउनुभयो ।कार्यक्रममा वडाका प्रतिनिधिहरु, स्थानियबासी, आमा समुह र टोल विकास समितिका पदाधिकारीहरु लगाएतको सहभागिता रहेको थियो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 8 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०३
    • 8 views
    नवलपुरमा पेट्रोल पम्म बनाउने काम पाँच महिनामा ६० प्रतिशत सकियो ।

    नवलपुर । नवलपुर सदरमुकाम कावासोतीमा बनाउन लागिएको आधुनिक पेट्रोल पम्प निर्माणको काम पाँच महिनामा ६० प्रतिशत सकिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले बनाउन लागेको यो पेट्रोल पम्प…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *