+
+
-- Sponsored Ad --

आमा समुह र टोल विकास समितिको ३ कोठे भवन शिलन्यास

1,239 पटक हेरिएको
Clock २०७८ बैशाख ११, शनिबार ०४:५१
-- Sponsored --

देवचुली माधब सुबेदी,

देवचुली १६ रजहरमा अवस्थित सृजनशिल आमा समुह र सृजना टोल विकास समितिको संयूक्त लगानिमा ३ कोठे भवनको शिलन्यास गरिएको छ । उक्त भवनको शिलन्यास देवचुली नगरपालिका वडा नं १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्रीले गर्नुभएको थियो । शिलन्यास कार्यक्रममा बोल्दै वडाध्यक्ष क्षेत्रीले महिलाहरु र टोल विकास समितिका व्यक्तिहरुको क्षमता विकास र नेतृत्व विकास का लागि वडाबाट विभिन्न किसिमका कार्यक्रम तथा बजेट ल्याउने समेत बताउनुभयो । उहाँले परिवार तथा समाजको विकासमा टोल विकास समिति व्यक्तिहरु र महिलाहरुको भुमिका महत्वपुर्ण रहेको बताउदै आगामी दिनहरुमा पनि वडा साथमा रहेको बताउनुभयो ।

 

यसैगरि सृजना टोल विकास समितिका अध्यक्ष कृष्ण बहादुर अधिकारीले वडाबाट सृजनशिल आमा समुहलाई २ लाख ५० हजार र सृजना टोल विकास समितिलाई ५० हजार उपलब्ध भएको बताउदै सोहि दुबै संस्थाको संयूक्त आयोजनामा सुरु गर्न लागिएको बताउनुभयो । उहाँले उक्त भवनमा थारु कल्याण संस्थालाई समेत कोठा दिने गरि फराकिलो भवन निर्माण गर्ने बताउनुभयो ।कार्यक्रममा वडाका प्रतिनिधिहरु, स्थानियबासी, आमा समुह र टोल विकास समितिका पदाधिकारीहरु लगाएतको सहभागिता रहेको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

×
ताजा लोकप्रिय सर्च
Ad
🎡 Spin & Win