प्रदेश राजधानिमा सबै सवारीमा जोरबिजोर प्रणाली लागु गरिँदै

बैशाख ११, मकवानपुर

वाग्मती प्रदेशको राजधानी हेटौँडामा आईतबार देखि निजी तथा सार्वजनिक सम्वपूर्ण गाडीमा जोर बिजोर प्रणाली लागू गरिँदै छ । korona virus image

कोरोना संक्रमणको दरलाई न्यूनिकरण गर्नकोलागि हेटौँडा उपमहानगरपालिका भित्र चल्ने सबै सवारीसाधनमा जोर बिजोर प्रणाली आईतबार लागू गर्न लागिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी(सिडिओ) भरतमणि पाण्डेले बताउनुभयो ।

साथै उहाँले सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने भन्दै जनस्वास्थ्यका मापदण्ड कडाईकासाथ पालना गर्न सबैमा आग्रह पनि गर्नुभयो । यस्तै, भोलिनै देखि महानगरपालिकासँगै सम्पूर्ण जिल्लाभर २५ जना भन्दा धेरै भेला हुनमा रोक लगाउँदै पर्यटकीय क्षेत्र, उद्यान तथा वनभोजस्थल, हाटबजार, फिल्महल जस्ता स्थानहरु समेत बन्द गरिने सिडिओ पाण्डेले जानकारी दिनुभयो ।

साथै प्रशानले लागु गरेको नियम पालना भए नभएको बारे अनुगमनकालागि आफ्नै समजकत्वमा ७ सदस्यिय अनुगमन समिति पनि बनाएको सिडिओ पाण्डेले बताउनुभयो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 40 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २३, बुधबार १२:४८
    • 66 views
    पर्यटन, कृषि, उद्याेग र व्यापारकाे उत्सवः समृद्ध नवलपुरका लागि आठौं महाेत्सव भन्ने नारा सहित माघ २५ देखि नवलपुर महोत्सव सुरु ।

    कावासाेतीः माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६ डण्डामा हुने महोत्सवको उद्घाटनमा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुहुने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीको हातबाट महोत्सवको समुद्घाटन  गरिने आयोजक…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *