वैशाख ११, काठमाण्डौँ
निर्माण पूर्ण नहुँदै धरहराको उद्घाटन गरिएको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री ओलिको उद्घाटन कार्यक्रमलाई सामाजिक सञ्जालमा मजाक बनाईएको छ ।
कोरोना संक्रमणको दर तिब्र गतिमा फैलिएको भन्दै स्वास्थ्य मापदण्ड कडाईकासाथ पालना गर्न स्वास्थ्य मन्त्रालयले दिएको निर्देशनको प्रधानमन्त्री बाटै अवज्ञा भएको भन्दै उद्घाटन कार्यक्रममा देखिएको मानिसहरुको भिडको तस्बिर यतिबेला सामाजीक सञ्जालमा भारईल नै बनेको छ ।
नेपाल सरकारका पूर्व सचिव एवं राजनितिक विष्लेसक समेत रहनुभएका भिम उपाध्यायले पत्रकार नारायण महर्जनले खिचेको सयौँ मानिसको भिड भएको तस्बिर पोष्ट गर्दै आज धरहरा मानव शुन्य भनि लेख्नुभएको छ ।
त्यस्तै देशकै कान्छो जिल्ला नवलपुरमा सामाजिक व्यक्तित्वका रुपमा आफुलाई उभ्याउनुभएका भरत शर्मा पोख्रेलले पनि सोहि तस्बीर पोष्ट गर्दै
सन्माननिय प्रधानमन्त्रीज्यूले आज नव निर्मित धरहराको उद्घाटन गर्दाको यो फोटो, मान्छेको टाउको गनेको २३ जना मात्र रहेछन..नत्र त नियम मिचेको भनेर बिचरा प्रधानमन्त्रीलाई न कारवाही हुने थियो होला है भनेर लेख्नुभएको ।
कोरोना कहरको समयमा प्रधानमन्त्रीले नै स्वास्थ्य मन्त्रालयले तय गरेको मापदण्ड विपरित कार्य गर्दा जनतामा राम्रो सन्देश जान नसक्ने भन्दै उद्घाटन कार्यक्रमको आलोचना भएको हो ।
यसअघि पनि सरकारी आदेश जारी भएको भोलिपल्ट नै प्रधानमन्त्री ओलीले गाडीको लवालस्करसहित भगवान् राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति चितवन पठाउनुभएको थियो ।