पछिल्लो २४ घण्टामा दुई हजार ६ सय १८ कोरोना संक्रमित थपिँदा १४ जनाको मृत्यु

बैशाख ११, कास्की, पछिल्लो २४ घण्टामा देशभरका सात हजार ५२५ जनाको नमुना परीक्षण गर्दा दुई हजार ६१८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । डस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ सम्बन्धी दैनिक अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५ सय २५ नमूनाको पिसिआर परीक्षण र ११४३ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ८६ जना र एन्टिजेन विधिबाट ११३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

 

थपिएका संक्रमितसंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या दुई लाख ९७ हजार ८७ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३६८ जना कोरोनामुक्त भएका छन् । कोभिड सङ्क्रमित तिब्र रुपमा थपिदै जाँदा निको हुने दर भने घटेको छ । हाल निको हुने दर ९३.३ प्रतिशत पुगेको छ ।
मन्त्रालयका अनुसार हाल १६ हजार ८२८ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । ७१ जना हाल क्वारेन्टिनमा छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १४ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको उल्लेख गरेको छ ।योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१३६ पुगेको छ ।