चिनियाँ खोप ‘भेरोसेल’ : काठमाडौंमा कहा कहा लगाइदैछ ?

काठमाडौं । गत चैत २५ देखि दिदै आएको चिनियाँ खोप भेरोसेल आजबाट काठमाडौंका तीन वटा खोपकेन्द्रमा लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा लगाइने भएकाे छ । भाेलिबाट कोरोनाविरुद्धको पहिलो डोज खोप दिने केन्द्रहरु थप गरेर खोप दिन लागिएको हो । साेमबार थप चार वटा खोपकेन्द्र नेपाल मेडिकल कलेज जोरपाटी, हिमाल अस्पताल ज्ञानेश्वर, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली र काठमाडौँ मेडिकल कलेज सिनामंगलबाट पनि खाेप दिइदैछ ।
यता माघ १४ गतेदेखि फागनु १० गतेसम्म कोभिसिल्डको पहिलो डोज लगाएकाहरुलाई आज पनि दोस्रो डोज खोप दिने कार्यलाई निरन्तरता दिइने भएको छ । यसअघि वैशाख सातदेखि ११ गतेसम्ममात्र कोरोनाको दोस्रो मात्रा खोप दिने निर्णय गरिएको थियो । काठमाडौँमै दोस्रो डोज लगाउन केही बाँकी रहेको भन्दै वीर अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रो डोज लगाउने कार्यलाई निरन्तरता दिइने भएको हो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै