भारतमा २० सहित विदेशस्थित २३ जना नेपालीको निधन ,२१ देशमा निधन हुने नेपालीको संख्या ३७२ पुग्यो

  • समाचार
  • २०७८ बैशाख १२, आईतवार ०९:४५

यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत लगायतका विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २० जना, कुवेतमा दुई जना र कतारमा एक जना नेपालीको कोरोनाका कारण निधन भएको हो । भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्य समेत रहेका अल इन्डिया इन्टिच्युट अफ मेडिकल साइन्समा कार्यरत डा. सागर पौडेलका अनुसार भारतको नयाँ दिल्लीमा १० जना र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० जना नेपालीको निधन भएको हो । निधन हुनेमा अधिकांश ५० वर्ष भन्दा मुनिका रहेका छन् । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा संक्रमणका कारण ३७२ जना नेपालीको निधन भएको छ । हालसम्म मृत्यु भएकामध्ये २४५ जना मध्यपूर्वका रहेका छन् । अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड १९ का कारण संक्रमित हुने नेपालीको संख्या ६८ हजार ५०६ जना पुगेको छ । कुल संक्रमितमध्ये ९४ दशमलब ६ प्रतिशत अर्थात ६४ हजार ७४४ जना संक्रमणमुक्त भएका छन् ।यो साता भारत, कुवेत, कतार, युएई, रोमानिया, रुस, फिनल्याण्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्याण्ड रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ । यसैबीच नेपालमा हालसम्म दुई लाख ९७ हजार ८७ जना संक्रमित पुगेकोमा ९३ दशमलब तीन प्रतिशत अर्थात दुई लाख ७७ हजार १२३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण शनिबार सांँझसम्म तीन हजार १३६ जनाको निधन भएको छ । 

 

पछिल्लो एक वर्षमा सबैभन्दा बढी मे महिनामा ६८ जना, सेप्टेम्बरमा ६५ जना, अगष्टमा ३६ जना नेपालीको निधन भएको थियो । यो वर्ष सुरु भएपछि भने यही अप्रिल महिनामा २३ जना नेपालीको निधन भएको स्वास्थ्य समितिले जनाएको छ । गतवर्षको जुन, जुलाई, डिसेम्बर र यो वर्षको जनवरी महिनामा सबैभन्दा धेरै नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका थिए । यसैबीच, गत सोमबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाले महामारीका दौरान २५० जना डाक्टर र नर्सहरु परिचालन गरिएको जानकारी दिए । उनका अनुसार, नेपाल बाहिर करिब पाँच हजार डाक्टर र पन्ध्र हजारको हाराहारीमा नर्सहरु रहेका छन् । ती सबै स्वास्थ्यकर्मीहरुलाई एनआरएनमा जोड्न प्रयास भइरहेको उनले बताए ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 101 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    • २०८१ माघ १३, आईतवार १४:५१
    • 37 views
    विद्युत् महसुल नतिर्ने चितवनका १३ सयभन्दा बढी ग्राहककाे लाइन काटियाे ।

    माघ १३,चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ३६८ ग्राहकको लाइन काटेको छ। समयमा विद्युत् महसुल नबुझाएका उनीहरूको लाइन गत साउनयता काटिएको हो। कार्यालयका प्रमुख ई. रामु…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *