पाखामा लागेको आगोमा जलेर स्याङ्जामा एक महिलाको मृत्यु

विक्रम डुम्रे, स्याङ्जा । आधिँखोला गाउँपालिकामा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सुचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीका अनुसार ती महिला ब्रतमन्धको निमन्त्रणमा गई घर फर्किने क्रममा रातो पहिरो पाखामा लागेको आगोबाट हिडीरहेको अवस्थामा आगोको मुस्लोमा परी जलेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा आधिँखोला गाउँपालिका वडा नं १ अर्घौदी बस्ने लक्ष्मी प्रसाद तिवारीको श्रीमती ७२ वर्षीय टीका कुमारी तिवारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पोष्टमार्टम कार्यका लागि जिल्ला अस्पताल स्याङ्जामा राखेको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै