साझेदार राष्ट्रहरुलाई अमेरिकाले कोरोना खोप सहयोग गर्ने

एजेन्सी । अमेरिकाले कोरोनाविरुद्धको एष्ट्राजेनेका भ्याक्सिन अन्य राष्ट्रहरुलाई वितरण गर्ने भएको छ ।
सो खोप आगामी महिना वितरण गरिने अमेरिकाले जनाएको छ । राष्ट्रपति जो बाडडेन प्रशासनमाथि साझेदार राष्ट्रहरुलाई खोप वितरण गर्न दवाव बढेसँगै ह्वाइट हाउसले आगमी महिना खोप वितरण गर्ने जनाएको हो । अमेरिकाले गत महिना पनि क्यानडा र मेक्सिकोलाई चार मिलयिन डोज खोप उपलब्ध गराएको थियो ।
ह्वाइट हाउसका प्रेस सचिव जेन सासाकीले पत्रकार सम्मेलन गरेर ६० मिलियन डोज खोप वितरण गर्ने बताएपनि कुन कुन देशलाई उपलब्ध गराउने हो भन्ने बारे भने नखुलाएको बीबीसीले जनाएको छ । उहाँले अमेरिकी नियामक निकायले अझै पनि खोपको गुणस्तबारे ध्यान दिनुपर्नेपनि बताउनुभएको छ ।
यसैबीच अमेरिकाले भारतलगायत अति प्रभावित राष्ट्रहरुमा खोपलगायत विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराउने जनाएको छ । राष्ट्रपति बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरी भारतलाई अवश्यक पर्ने खोपको मात्रा, अक्सिजनलगायत उपचाका लागि आपतकालीन सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
अमेरिकामा हालसम्म फाइजर बायोटेक, मोर्डन इङ्क । जोनसन एण्ड जोनसन भ्याक्सिनहरु उत्पादन भइरहेका छन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा