सांसदको पिसिआर परीक्षण गर्नुपर्ने माग सहित सत्तारूढ एमालेद्वारा गण्डकी प्रदेशसभा अवरूद्ध

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन नेकपा एमालेका सांसदहरूले अवरोध गरेका छन्।  सांसदहरूको पिसिआर परीक्षण गर्न माग गर्दै प्रदेश सभाको विशेष अधिवेशनको सुरूआतमै सत्तारूढ एमालेका सांसदहरूले बैठकमा उठेर संसद अवरूद्ध पारेका हुन्। संसदमा सोमबारदेखि सरकारविरूद्ध आएको अविश्वासको प्रस्तावमाथि छलफल चलिरहेको छ। 

 

अधिवेशनको सुरूआतमा एमाले सांसदहरू उभिएर बैठक अवरूद्ध पारेपछि सभामुख नेत्रनाथ अधिकारीले किन उठ्नुभएको हो? भनेर सोधेका थिए। जवाफ दिँदै एमाले सांसद राजीव पहारीले सबै सांसदको पिसिआर परीक्षण नगरी सांसद चल्न नसक्ने जानकारी गराएका थिए। 

कोरोना भाइरसले सांसदलाई पनि नछाड्ने भन्दै उनले संक्रमणकै कारण कोही सांसद र कर्मचारीको मृत्यु भएमा जिम्मेवारी कस्ले लिने भनेर प्रश्न गरेका थिए। उनले प्रदेश सभाका आधा सांसदहरूले कोरोना भ्याक्सिनको दोस्रो डोज नलिएको भन्दै सबै सांसदले दोस्रो डोज लिनुपर्ने र पिसिआर परीक्षण गर्नुपर्नेमा जोड दिएका थिए।

उनले सोमबार नै एमाले संसदीय दलका मुख्य सचेतक मायानाथ अधिकारीले सभामुखलाई सबै सांसदको कोरोना परीक्षण गर्न ध्यानाकर्षण गराए पनि अस्वीकार गरेको दाबी गरेका थिए।

सभामुख अधिकारीले सर्वसम्मत बैठक बोलाएको भन्दै सांसदलाई बस्न पटक/पटक आग्रह गरेका थिए।

एमाले सांसदहरू बस्न नमानेपछि सभामुखले सत्ता पक्षकै सांसदले सदन अवरोध गरेको भन्दै बैठक २० मिनेटका लागि स्थगित गराए। 
प्रदेशसभामा एमाले नेता पृथ्वीसुब्बा गुरूङ नेतृत्वको सरकारविरूद्ध विपक्षी दलहरू कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पेश गरेको अविश्वास प्रस्तावमाथि छलफल भइरहेको छ।

मुख्यमन्त्री गुरूङको सरकार टिकाउन पिसिआर परीक्षणको माग अघि सारेर सत्तारूढ सांसदले नै सदन अवरोध गरेको विपक्षीको बुझाइ छ।

समाचार श्रोतः सेतोपाटी

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 41 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 89 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *