पछिल्लो २४ घण्टामा थप ४५ सय २४ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

१४ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६७२ पीसीआर परीक्षणमा ४ हजार ३६४ र १ हजार ९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६ हजार २२५ जना पुगेको छ । कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ११२ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा रहेका छन् ।

 

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौँमा १ हजार ६०२, बाँकेमा ५१५, रुपन्देहीमा ३८३, ललितपुरमा २४०, दाङमा २३० जना, कास्कीमा १२९, भक्तपुरमा १२४ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै बर्दिया र मोरङमा ८६/८६ जना, चितवनमा ८०, सुर्खेतमा ७४, मकवानपुरमा ७२, पर्सामा ६७, सुनसरीमा ५१, कञ्चनपुरमा ४६, पाल्पामा ४५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै कपिलवस्तुमा ३५ जना, कैलाली ३२ जना, काभ्रेपलाञ्चोक ३१ जना, धनुषा २७ जना, बारा २६ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै अर्घाखाँची र नवलपरासी पश्‍चिममा २३/२३ जना, झापा, सिरहा, तनहुँ र गुल्मीमा १६/१६ जना, धादिङमा १५ जना, नवलपरासी पूर्व र स्याङजा १४/१४ जना, सप्तरीमा १२ जना कोरोना संक्रमित भेटिएका हुन् । यस्तै रौतहट, नुवाकोट,रामेछाप, सिन्धुपाल्चोक, सल्यान, डडेल्धुरा ११/११ जना, सर्लाही र गोरखा १०/१० जना, महोत्तरी, बागलुङ र दैलेखमा ९/९ जना, म्‍याग्दी, लमजुङ, प्‍युठान र बैतडीमा ८/८ जना, उदयपुर र रुकुम पश्‍चिममा ७/७ जना, संखुवासभामा ६ जना, सिन्धुलीमा ५ जना, दोलखा, पर्वत, रोल्पा, कालिकोट र जुम्लामा ४/४ जना, इलाममा ३ जना कोरोना संक्रमित भेटिएका छन् ।

यसैगरी ओखलढुंगा, खोटाङ, धनकुटा, सोलुखुम्बु, मुस्ताङ, जाजरकोट, मुगु, हुम्ला र बझाङमा २/२ जना, पाँचथर,भोजपुर, रसुवा,डोल्पा, डोटी, दार्चुला, बाजुरा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै ९ वर्ष मुनिका १०२  ‍बालबालिकामा र १० देखि १९ वर्षसम्मका २८२ जनामा कोरोना संक्रमण देखिएको छ ।

सम्बन्धित समाचारहरूः

  • २०८१ फाल्गुन ४, आईतवार १८:१२
  • 40 views
१ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

विस्तृत.....

  • २०८१ माघ २३, बुधबार १२:४८
  • 66 views
पर्यटन, कृषि, उद्याेग र व्यापारकाे उत्सवः समृद्ध नवलपुरका लागि आठौं महाेत्सव भन्ने नारा सहित माघ २५ देखि नवलपुर महोत्सव सुरु ।

कावासाेतीः माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६ डण्डामा हुने महोत्सवको उद्घाटनमा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुहुने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीको हातबाट महोत्सवको समुद्घाटन  गरिने आयोजक…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *