तिव्र गतिमा वढदै कोरोना संक्रमण , नवलपुरमा सक्रिय संक्रमितको संख्या ७१ पुग्यो

कावासोती । पूर्वी नवलपरासीमा सक्रिय संक्रमितको संख्या ७१ पुगेको छ । मंगलबार नवलपुरमा ८ जना नयाँ संक्रमित थपिएसँग नवलपुरमा सक्रिय संक्रमितको संख्या ७१ पुगेको हो । मंगलबार गैडाकोटमा १, देवचुलीमा ३, कावासोतीमा ३ र मध्यविन्दुमा १ गरी ८ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।

 

निजी अस्पताललाई आइशोसन बेडलाई छुट्याउन निर्देशन

पूर्वी नवलपरासीको विपद् व्यवस्थापन समितिले नवलपुरमा रहेका सबै निजी अस्पतालहरुलाई अस्पतालमा रहेको वेड संख्याको आधा वेड आइसोलेशन कक्षका लागि छुट्याउन निर्देशन दिएको छ । सोमबार बसेको वैठकले यस्तो निर्देशन दिने निर्णय गरेको विपद् व्यवस्थापन समितिका संयोजक एवम् नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् ।