सांसद्को पीसीआर परीक्षणपछि संसद् सुचारु गर्ने सहमति, पोजेटिभलाई पनि मतदान गर्न दिइने

पोखरा । सांसद्को पीसीआर परीक्षणको माग गर्दै अवरुद्ध गण्डकी प्रदेशसभाको बैठक सवै सांसद्को परीक्षणपछि सुचालु गर्ने सहमति भएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सबै सांसद्को मंगलबारनै स्वाब संकलन गरी परीक्षण गरिने सहमति जुटेको हो । परीक्षणपछि कोरोना पोजेटिभ देखिएका सांसदले बुधबार हुने मतदानमा भाग लिन पाउने भए पनि बोल्न भने दिइने छैन । संसद् बैठक बुधबार दिउँसो १ बजेलाई बोलाइएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो ।

 

कोरोना महामारीको बेलामा सांसद्को पीसीआर परीक्षण नगरी बैठक चलाउन नपाइने भन्दै सत्तारुढ नेकपा एमालेले आजका लागि बोलाइएको बैठक अवरुद्ध गरेका थिए । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे बुधबार मतदान हुँदैछ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 94 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *