अनिद्राको समस्याबाट कसरी छुटकारा पाउने ?

सन्तुलित खाना, स्वच्छ पानी, शुद्ध वायु जस्तै अपरिहार्य छ, गहिरो निद्रा पनि । चिकित्सकहरुले यसलाई औषधि समान भनेका छन् । अर्थात गहिरो निद्रा लिनु भनेको स्वास्थ्य शरीरको सूचक पनि हो ।

जब निद्रा विथोलिन्छ, स्वास्थ्यमा गडबड सुरु हुन्छ । अनिद्रा आफैमा एक यस्तो समस्या हो, जसले अरु समस्या पैदा गर्छ । उच्च रक्तचाप, मधुमेह, तनाव, छटपटीसँगै अरु रोगहरु यसले निम्त्याउँछ ।

अनिद्राबाट कसरी छुटकारा पाउने त ? यसका केही सरल विधी छन् ।

बेलुकाको खाना छिटो खाने

निद्रा विशेषज्ञ र मेडिकल अनुसन्धार्ताहरुले धेरैजसो रातको खाना विस्तरामा जान भन्दा डेढ घन्टा पहिले खानुपर्नेमा जोड दिने गर्छन । अन्यथा अपच हुन सक्छ । अपच अनिद्राको मुख्य कारण हो ।

आफ्नो ओछ्यान बदल्ने

असजिलो डसना वा म्याट्रेसले पनि तपाईंको निन्द्रा खराब गर्न सक्छ । तपाईंलाई रातभर उठ्न र यताउता फर्कन बाध्य बनाउन सक्छ । यसले मांसपेसीहरुमा तनाव, नशा च्यापिने, शरीर दुख्ने र शारीरिक बनावटमा दिर्घकालिन क्षति पुर्याउन सक्छ । ओछ्यान सजिलो भएमा मात्रै तपाई आनन्दले निदाउन सक्नुहुन्छ ।

सुत्ने स्थान

तपाईले आफू सुत्ने स्थानमा कामसँग जोडिएका वस्तुहरु, मोबाईल वा अन्य मनोरञ्जनका साधनहरु नराख्नुहोस । कुने विशेष स्थानलाई ‘आरामक्षेत्र’ घोषणा गरेर त्यहाँ आरामदायक निन्द्राको लागि सहायक हुने वस्तुहरु जस्तै बास्नादार मैनबत्तिहरु, ध्यान एकाग्र गर्ने संगीत जस्तै पानी परिरहेको जस्तो निरन्तर आउने आवाज आउने व्यवस्था गर्नुहोस । यस्तो गरेमा तपार्इंको दिमागलाई आवश्यक शान्ती प्राप्त हुन्छ र तपाई आरामले निदाउन सक्नुहुन्छ ।

सल्लाह लिने

जब हामी आफ्नो कार्यस्थलमा पुरै समय व्यस्त हुन्छौं र यसपछि हामी जब एक्लो हुन्छौं त्यतिखेर चिन्ता र अत्यासको कारण हामीलाई निन्द्रा आउँदैन ।

जब अनिन्द्रा र बेचैनी एकैसाथ हुन्छ यसको अन्तर थाहा पाउन कठिन हुन्छ । त्यसैले हामीले आफ्नो चिन्ता, आशंकाहरुको बारेमा समय छँदै कोही नजिकको साथीलाई यो कुरा भन्नु पर्छ जसले हाम्रो सहयोग गर्न सक्छन र त्यसले अनिन्द्राको समस्या बेलैमा समाधान हुनसक्छ ।

शारीरिक श्रम वा व्यायाम

थाकेको शरीरलाई आरामको आवश्यकता हुन्छ । दैनिक कम्तीमा पनि एक घन्टा कठिन परिश्रम गर्ने, नियमित योग वा एक्सरसाइज गर्ने, कार्यस्थलमा एकछिन भनेपनि हिँड्ने बानी बसाल्ने तथा हातहरुको हल्का परिश्रम सुनिश्चित गरेमा पनि तपार्इं आरामले निदाउन सक्नुहुन्छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २८, आईतवार २२:१५
    • 88 views
    पेटको बासो घटाउन अत्यन्तै प्रभावकारी ५ योगासन ।

    काठमाडौं । पेटको बोसो तपाईँको स्वास्थ्यको लागि मात्र नभई तपाईँको आत्मविश्वासको लागि पनि ठुलो चुनौती साबित हुन सक्छ । पेटको बोसो बढ्दा धेरै रोगको जोखिम पनि बढ्न सक्छ । तसर्थ, यदि…

    विस्तृत.....

    • २०८१ पुष ३, बुधबार १८:२७
    • 99 views
    जाडाेमा ताैल कम गर्न के गर्ने ?

    काठमाडौं । कम तौल भएका मानिसहरुका लागि जाडो मौसम राम्रो हुन्छ । तर मोटोपना  भएका मानिसका लागि जाडो मौसम समस्या बन्न सक्छ । वास्तवमा जाडोमा दिन छोटो र रात लामो…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *