मुकुन्दपुर – आहले सडक खण्डको काम एक वर्षपछि सुरु
ज्ञानु पंगेनी,कावासोती , १५|| गत वर्षको चैत महिनामा लकडाउनका वेला ४६ वटा हरियो सालको रुख कटान गरेको विषयले रोकिएको मुकुन्दपुर –आहले–रतनपुर –डाँडाझेरी हुँदै बुलिङ्गटार जाने सडक निर्माणको काम सुरु भएको छ ।
गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक सडक अन्र्तगत चारवटा ठूला योजना मध्येको एउटा योजना निर्वाचन क्षेत्र १ को ‘क’ अन्र्तगत पर्ने यो सडक खण्डको काम केहि दिनअघिबाट सुरु भएको पूर्वाधार विकास कार्यालय पूर्वी नवलपरासीका प्रमुख रविन्द्र तिवारीले जानकारी दिनुभयो ।
गत वर्ष गैंडाकोट १८ का वडा अध्यक्षको निर्देशनमा सडकमा काम गर्ने ठेकेदार समेतको संलग्नतामा उक्त रुक कटान गरेको किटानी जाहेरी समेत परेको थियो । सोहि विषयको किनारा नलाग्दा सडकको काम रोकिएको थियो । सरोकारवाला सबैसंगको समन्वय र ई.आई.ए. स्र्वीकृत भइपछि काम सुरु भएको कार्यालय प्रमुख तिवारीले बताउनुभयो ।
मुकुन्दपुर –आहले–रतनपुर –डाँडाझेरी हुदै बुलिङ्गटार जाने सडक अन्र्तगत १० किलोमिटर सडक निर्माण गर्ने गरि काम सुरु भएको हो । यो संगै पूर्वी नवलपरासीमा गण्डकी प्रदेश मार्फत सडक निर्माणका ३२ वटा योजना संचालनमा रहेका छन् । जसअन्तरगत गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक सडक अन्र्तगत चारवटा ठूला योजना संचालनमा छन् । निर्वाचन क्षेत्र १ को ‘क’ अन्र्तगत मुकुन्दपुर –आहले–रतनपुर –डाडाझेरी हुदै बुलिङ्गटार जाने सडक र १ को ‘ख’ मा मुण्डे देखी किर्तिपुर सम्म १० किलोमिटर सडक निर्माण आउँदो वर्षसम्म सम्पन्न गर्ने लक्ष्य रहको छ । भने ,दुईको ‘क’ मा मध्यविन्दु –११, स्थित क्याम्पसचोक देखी दमार – बतासा–जलुके हुँदै पाल्पाको निस्दी जोडने सडक अन्र्तगत नौ किलोमिटर सडक र दुईको ‘ख’ मा चोरमारा–झ्यालबास–बसेनी–रुचाङ्ग सडक खण्डमा ६ किलोमिटर सडक कालोपत्रे भईहरेको छ । यी दुई सडक यसै आर्थिक वर्षभित्र सम्पन्न हुने कार्यालय प्रमुख तिवारीले बताउनुभयो । चार वटा सडक मध्ये मुकुन्दपुर – आहले–रतपुर–डाडाझेरी खण्डमा रु. २४ करोड ८१ लाख ७ हजार, मुण्डे –किर्तिपुर सडक खण्डमा रु. २८ करोड २३ लाख ४५ हजार लागत रहेको छ ।
क्याम्पसचोक देखी दमार – बतासा–जलुके हुदै पाल्पाको निस्दी जोडने सडक खण्डमा रु. १२ करोड ८२ लाख १० हजार र चोरमारा –झ्यावाल सडक खण्डको रु. १४ करोड ३८ लाख ६० हजार लागत छ । पूर्वाधार विकास कार्यालय मार्फत प्रदेशको वजेटमा थप २८ वटा साना सडक निर्माण कार्य जारी रहेको छ । पूर्वाधार कार्यालय मार्फत् सञ्चालन भएका सडकको करीब २० किलोमिटर सडक चालु आर्थिक वर्षको अहिलेसम्म कालोपत्रे सम्पन्न भएको तिवारीले जानकारी दिनुभयो । क्रमागत योजना अन्तरगत काम भईरहेको उहाँले बताउनुभयो ।
पूर्वाधार विकास कार्यालय पूर्वी नवलपरासीबाट सडक कालोपत्रे , स्तोरन्नती, नाला निर्माण सहितका योजना संचालनमा रहेको तिवारीले जानकारी दिनुभयो ।