हवाइ उडान स्थगित गर्न सीसीएमसीको सिफारिस
काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको सीसीएमसीको बैठकले संक्रमण भयावह बन्दै गएको निष्कर्षसहित हवाइ उडान रोक्नुपर्ने निष्कर्ष निकालेको हो ।
सीसीएमसी स्रोतकाअनुसार सीसीएमसीका निर्देशक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजानेछन् । त्यसपछि सीसीएमसीको सिफारिसमाथि निर्णय हुनेछ ।
हाल संक्रमण बढी देखिएका जिल्लामा प्रशासनले निषेधाज्ञा लगाएका छन् । हवाई सेवामा चाहिँ रोक लगाइएको थिएन ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी