नवलपुरमा पोजिटिभ रिपोर्ट आएका एक जनाको दुई दिन मै निधन

चितवनको चितवन मेडिकल कलेजमा कोरोना संक्रमणका कारण बुधबार एक जनाको निधन भएको छ । चितवनको चितवन मेडिकल कलेजमा उपचाररत गैडाकोट ११ का ५८ बर्षीय पुरुषको निधन भएको हो । गैडाकोट नगर प्रमुख छत्रराज पौडेलले उनको बुधबार विहान ६ बजेतिर चितवन मेडिकल कलेजमा निधन भएको जानकारी दिए । १९ गते स्वाब संकलन गरी २० गते पोजिटिभ रिपोर्ट आएका उनको दुई दिनमै निधन भएको हो । यो सहित नवलपुरमा मृतकको संख्या ५ पुगेको छ भने नवलपुरमा सक्रिय संक्रमितको संख्या ४६५ पुगेको छ ।