यस्तो छ पोखरामा पछिल्लो ५ वर्षमा वर्षाको मापन
१६ साउन, पोखरा । कास्कीमा आइतबार साँझदेखि लगातार वर्षा भइरहेको छ । वर्षाका कारण पहिरो खस्दा पोखरा लेकसाइडमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भए । ठाउँ ठाउँमा ससाना पहिरोहरु पनि खस्न थालेका छन् । हेमजादेखि लाहाचोक, घाचोक लगायतका माछापुच्छ्रेका गाउँ जाने सडक पहिरोका कारण अवरुद्ध छ ।
लगातार पानी परिरहेकाले जनजीवन प्रभावित भइरहेको छ । लगातार वर्षाले डुबान, पहिरोलगायतका जोखिम पनि रहेकाले सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । पछिल्लो २४ घन्टामा पोखरामा २५० मिलिलिटर पानी परेको छ । पोखराको तीन ठाउँमा वर्षाको मापन हुन्छ ।
लामपाटनको तथ्यांक विमानस्थल र मालेपाटनको भन्दा प्राय बढी नै आउने गरेको छ । लामपाटनको स्वचालित मेसिन भएका कारण पनि परीक्षणकालमै छ । अनुसन्धान तथा तथ्यांक लिनु पर्दा पोखरा विमानस्थलको तथ्यांकलाई केन्द्रमा राख्ने गरिएको छ ।
यसपटक पनि कास्कीमा अघिल्लो वर्षकै हाराहारीमा पानी परेको जल तथा मौसम विज्ञान कार्यालय अन्तर्गतको पोखरा विमानस्थलका मौसम विज्ञान सहायक अधिकारीले जानकारी दिए ।
पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा सबैभन्दा बढी गत वर्ष पानी परेको थियो । अघिल्लो सालको सेप्टेम्बर ३ तारिखमा २८०.४ मिलिलिटर पानी पोखरामा परेको थियो ।
२०१७ मा जुलाइ २ मा त्यो वर्षको सबैभन्दा बढी १९१.४ मिलिलिटर वर्षा मापन गरिएको थियो । २०१८ को सेप्टेम्बर ११ मा २०७ं मिलिलिटर, २०१९ को सेप्टेम्बर ४ मा १०७.५ मिलिलिटर वर्षा मापन गरिएको थियो । २०२० को जुलाइ १० तारिखमा २५०.९ र २०२१ को सेप्टेम्बर तारिखमा २८०.४ मिलिलिटर वर्षा मापन गरिएको थियो । यो वर्ष २५० मिलिलिटर पानी परेको छ ।
‘यो वर्ष मनसुन बाँकी छ । यो तथ्यांक अझै बढ्न सक्छ । तर, अहिलेसम्मको तथ्यांक हेर्दा अघिल्लो वर्षभन्दा कम नै छ’ अधिकारीले भने, ‘पोखरामा नजिकै पनि पानी पर्ने/नपर्ने हुन्छ । ठाउँअनुसार फरक पर्छ ।’
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको
विकास गाउँ पस्यो; मानिस शहर। हिमाली र पहाडी
कावासोती । चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ एकसिङ्गे
कावासोती । नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी
कावासोती । नेकपा एमाले नवलपुरको नवौं जिल्ला अधिवेशनको
हाम्रो राज्यको आर्थिक चरित्र के होला ? संविधानत: