
सिन्धुली । दक्षिण कोरियाको छिन्जु विश्व विद्यालय र सिन्धुलीको गोलन्जोर गाँउपालिकाबीच शैक्षिक सहयोगका लागि सम्झौता भएको छ ।
दक्षिण कोरियाको छिन्जु विश्व विद्यालय र गोलञ्जोर गाँउपालिकाको शैक्षिक तथा प्राविधिक गतिविधि आदनप्रदान गर्ने उद्देश्यले याे सम्झौता भएको हो । छिन्जु विश्वविद्यालय दक्षिण कोरियाका प्राध्यापक एवं कोरियन पाठ्यक्रम विकास विज्ञ सदस्य प्रोफेसर युपिक क्यु र गोलन्जोर गाउँपालिकाको अध्यक्ष शंकर बरालले साेही सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
छिन्चु विश्वविद्यालयले शिक्षक र विद्यार्थीसँग शैक्षिक अनुभव आदानप्रदान गर्नुका साथै तालिम तथा शैक्षिक सामाग्री समेत सहयोग गर्ने भएकाले शैक्षिक विकासमा सहयोग पुग्ने गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर बरालले बताउनुभयो ।