नेपाल-चीन दौत्य सम्बन्धको ६७ वर्ष पूरा
काठमाडौं : नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६७ वर्ष पूरा भएको छ। सन् १९५५ को अगस्ट १, चीन र नेपाल बीच दौत्य सम्बन्ध स्थापना भएको थियो।
चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१९ मा नेपाल भ्रमण गरेका थिए। सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्ध स्थापित भएदेखि हालसम्म, तीन जना राष्ट्रपति, पाँचजना प्रधानमन्त्री र छजना उप–प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छन्। नेपालबाट भने त्यसबेलादेखि हालसम्म राजा, राष्ट्रपति र प्रधानमन्त्री तहमा दुई दर्जनभन्दा बढी पठक चीन भ्रमण भइसकेको छ।
नेपालले सधैं ‘एक चीन’ नीतिको दृढतापूर्वक समर्थन गर्दै आइरहेको छ भने नेपालले आफ्नै राष्ट्रिय परिस्थितिसँग अनुकूल विकास बाटोमा हिँड्न र स्वतन्त्र आन्तरिक तथा बैदेशिक नीतिलाई अवलम्बन गरेकोमा चीनले समर्थन गरिरहेको छ।
आर्थिक दृष्टिकोणबाट पनि दुई देश बीचको द्विपक्षीय व्यापार र लगानीको परिधि लगातार रूपमा विस्तारित भइरहेको छ। बेल्ट एण्ड रोड अवधारणाको प्रस्तावमा, चीन र नेपालले बहु क्षेत्रमा वस्तुगत सहयोगको प्रवर्द्धन गर्न जारी राखिरहेका छन्।
नेपालको जलश्रोत, भौगोलिक स्थिति र प्राकृतिक पर्यावरण यी तीनवटा श्रेष्ठताको भरमा, चीनका अवसरहरू नेपालसँग बाँडफाँड गर्दै नेपालको विकासलाई गतिशीलता दिलाउन चीन सहयोग गर्न चीन इच्छुक छ।
चिनियाँ र नेपालीले सधैं एकअर्कालाई सहयोग गरेका छन्। सन् २००८ मा चीनको वनछ्वानमा भूकम्प गएपछि नेपालका विभिन्न पक्षले चन्दा दिएर उद्धार कार्यमा सहयोग गरेका थिए। सन् २०१५ मा नेपालमा महाभूकम्पपछि भारतले नाकाबन्दी गरेपनि चीनले भने नेपाललाई सहयोग गरिरहयो।
सन् २०१९ को कोरोना महामारी विरुद्ध नेपालीहरूले सक्दो प्रयासमा १ लाख मास्क खोजेर सकेसम्म चाँडो चिनियाँ दूतावासलाई प्रदान गरेका थिए। यस्तै चिनियाँ पक्षले पनि कोरोनाविरुद्धको खोप लगाएतका विभिन्न स्वास्थ्य सामग्री नेपाललाई दियो।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार
२१ कात्तिक, विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला
२१ कात्तिक, काठमाडौं । खुँडा प्रहार गरेर ज्यान
सन्जय भट्टराई, कावासोती । गत कार्तिक ३ गते बुलिङटारबाट
काठमाडौं : बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय