सिन्धुली अस्पतालमा रहेका बेवारिसे शवले दुर्गन्ध फैलिदै

सिन्धुली । सिन्धुली अस्पतालमा बेवारिसे शवहरूको व्यवस्थापन नभएका कारण दुर्गन्ध फैलिरहेको छ ।
साेही अस्पतालमा चार दिनअघि पोस्टमार्टमका लागि ल्याइएका बेवारिसे शवको व्यवस्थापन नभएका कारण अस्पताल आसपासको क्षेत्र दुर्गन्धित बनेकाे हो । गर्मीको समयमा शवगृहमा डिफ्रिज खुल्ला रूपमा राखिएको दुर्गन्धित शवको कारण अस्पतालमा चेकजाँचका लागि पुगेका बिरामीहरूको स्वास्थ्यमा समेत प्रतिकूल असर पारिरहेको छ ।
शव गृहमा राखिएको शव दिनदिनै कुहिएर विगत केही दिनदेखि गनाइरहेकोले दुर्गन्धित शवका कारण संक्रमक रोग फैलिने डर भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका-६ स्थित धुराबजारमा सडक दुर्घटनामा ज्यान गुमाएका एक बेवारिसे पुरूषको शव जिल्ला अस्पताल ल्याएको छ ।
मृतकको पहिचान खुल्न नसकेका कारण कोही आफन्त वा परिवारका सदस्य सम्पर्कमा आउछन् कि भनेर शव चार दिनदेखि अस्पतालकै शव गृहमा राखिएको प्रहरीले जनाएको छ । धेरै दिन बितिसक्दा समेत कोही सम्पर्कमा नआए पोस्टमार्टम गरेर स्थानीय तहलाई अन्त्येष्टिको लागि बुझाईने पनि प्रहरीले बताएकाे छ ।
निर्माणाधिन सिन्धुली अस्पतालमा शव राख्ने डिफ्रिज नहुँदा अस्पतालमा बेवारिसे शव आउँदा समस्या भएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा