नवलपरासीमा निर्वाचन खर्च विवरण बुझाउन प्रमुख-उपप्रमुखले नै गरे अटेरी

नवलपरासी । स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका नवलपरासीका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षहरुले नै निर्वाचन खर्च विवरण बुझाउन अटेर गरेका छन् ।
जिल्लाका कुनै पनि गाउँपालिकाका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षले जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण समयमा बुझाएका छैनन् । स्थानीय तह निर्वाचनको अन्तिम नजिता प्रकाशन भएको एक महिनाभित्र उमेदवारी दिने सबैले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालय मार्फत आयोगमा पठाउनु पर्ने कानूनी प्रावधान रहेकाे छ ।
तर उक्त समयमा जिल्लाका मुख्य जनप्रतिनिधिहरुले नै विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी निश्चल मोक्तानले बताउनुभयो । तोकिएको समय भन्दा पछि खर्च विवरण बुझाउनेमा तीन पालिकाका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्ष रहेका छन् ।
तोकिएको समय भन्दापछि बुझाउनुको कुनै अर्थ नरहने निर्वाचन कार्यालयले जनाएको छ । नवलपरासीका स्थानीय तहकाे निर्वाचनको अन्तिम नतिजा गत जेठ ६ गते आएको थियाे । गत असार ६ गतेभित्र खर्च विवरण बुझाउनु पर्ने भएपनि १२ जनाबाहेक कसैले पनि समयमा विवरण बुझाएका छैनन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव