नेप्सेमा सामान्य गिरावट, ४ अर्बको कारोबार

  • अर्थ
  • २०७९ श्रावण १८, बुधबार १६:१९

१८ साउन, काठमाडौं । सेयर बजारमा सामान्य गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ६.७१ अंक (०.३१ प्रतिशत) ले गिरावट हुँदा २१८६.७७ अंकमा बन्द भएको छ ।

मंगलबार पनि एकल अंकको सामान्य गिरावट भएको नेप्से बुधबार पनि घटेको हो । नेप्सेसँगै अधिकांश उपसूचकहरुमा पनि गिरावट भएको छ । व्यापार, हाइड्रोपावर र लघुवित्त उपसूचक भने बढेको छ ।

बुधबार नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ । मंगलबार ३ अर्ब २९ करोडको कारोबार भएको बजारमा बुधबार ९५ लाख ४२ हजार ६०७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २ करोड ९९ लाख ४ हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक २५ करोड ३४ लाख ३० हजारको कारोबार हुँदा अपी पावर कम्पनीको १५ करोड १७ लाखको कारोबार भएको छ ।

बुधबार बजारमा कुल १८० कम्पनीको सेयर कारोबार भएकोमा ९६ कम्पनीको सेयरमूल्यवृद्धि ७७ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको सेयरमूल्य भने स्थिर छ । बुधबार कारोबार भएकोमध्ये सामलिङ पावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशत र बलेफी हाइड्रोपावरको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर सर्किट मूल्यमा बन्द भएको छ । यस्तै युनाइटेड इदी मार्दी एण्ड आरबी कम्पनीको सेयरमूल्य ८.९६ प्रतिशतले बढेको छ ।

यता स्ट्यान्डर्ड चाटर्ड बैंकको सेयरमूल्य ३.९२ प्रतिशतले गिरावट हुँदा गुडविल फाइनान्सको सेयरमूल्य ३.४३ प्रतिशतले घटेको छ ।
  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १७, बिहीबार २१:२२
    • 47 views
    १ हजार ६३ मेगावाट माथिल्लो अरुणमा भारत सकारात्मक, लगानी गर्न विश्व बैंक तयार

    १७ माघ, काठमाडौं । विश्व बैंकको ऋण सहयोगमा नेपालले निर्माण गर्न लागेको १ हजार ६३ मेगावाटको माथिल्लो अरुण परियोजना अघि बढाउन दिन भारत सकारात्मक बनेको छ । २ खर्ब ८५…

    विस्तृत.....

    • २०८१ पुष ८, सोमबार २२:१२
    • 47 views
    मंसिरसम्म भित्रिय २५ ‘हाइब्रिड’ गाडी ।

    ८ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) सम्म २५ (पेट्रोल–विद्युतीय) हाइब्रिड सवारीसाधन नेपाल भित्रिएको छ । भन्सार विभागका अनुसार २ हजार सीसीसम्मको ‘प्लग आउट’…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *