२०३० को विश्वकप आयोजनाका लागि अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेकोे संयुक्त प्रस्ताव

१८ साउन, काठमाडौं । २०३० विश्वकप आयोजनाका लागि अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्त प्रस्ताव पेस गरेका छन् । यो चार देशको मात्रै नभइ पूरा महादेशको सपना भएको दक्षिण अमेरिकी फुटबल महासंघ( कम्बोल) का अध्यक्ष अलेजेन्ड्रो डोमिन्र्गुजले बताए । ‘यो एउटा सिंगो महादेशको सपना होे’, उनले भने ।
अध्यक्ष डोमिन्र्गुज भन्छन्, ‘विश्वकप धेरै हुन्छन्, तर १०० वर्षमा एक पटक विश्वकप घरेलु मैदानमा आउनु पर्छ ।’ उरुग्वेले सन् १९३० मा पहिलो विश्वकप आयोजना गरेको थियो । ‘विश्वकप १०० वर्ष पछि पुन त्यहि आयोजना गर्नु सही हुनेछ’, उरुग्वे फुटबल संघका अध्यक्ष इग्नासियो अलोन्सोले भने ।
२०२२ को विश्वकप कतारमा हनेछ भने २०२६ को विश्वकप क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने टुङ्गो लागिसकेको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा