प्रतिनिधिसभा र प्रदेशको निर्वाचन मंसिर ४ मा गर्ने सत्ता गठबन्धनको सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् ।

सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधिसभा चुनावबारे छलफल भएको थियो । बैठकमा मंसिर ४ गते निर्वाचन गर्ने विषयमा सबै शीर्ष नेताहरू सहमत भएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।

अब बिहीबारको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति घोषणा गर्नेछ । निर्वाचन आयोगले सरकारलाई मंसिर २ गते चुनावको मिति घोषणा गर्न परामर्श दिएको थियो । तर, गठबन्धनका शीर्ष नेताहरू मंसिर ४ गते निर्वाचनको मिति घोषणा गर्ने सहमति गरेको हो ।

निर्वाचन आयोगका पदाधिकारीले गत २२ असारमा प्रधानमन्त्री देउवा र मन्त्रीहरूलाई भेटेर एकै चरणमा मंसिर २ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन गर्न सुझाव दिएको थियो । निर्वाचन आयोगले भने १२० दिनको निर्वाचन अवधि कायम राखेर मिति घोषणा गर्नुपर्ने माग गर्दै आएको थियो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 40 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 16 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *