ताइवानमाथि चीनको आक्रमणको त्रास : दुई सय नेपाली प्रभावित

काठमाडौं । ताइवानकी राष्ट्रपति साई इङ वेनले अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीलाई ताइवान बोलाएपछि चीन र अमेरिकाबीच तनाब बढेको छ । स्थानीय जनतामा यही कारणले कतै चीनले ताइवानमाथि आक्रमण गर्ने त होइन भन्ने त्रास बढेको छ ।
यद्यपि, चीनले आफ्नो रवैयामा केही नरमपन देखाएपछि भने अहिलेलाई आक्रमणको त्रास टरेको छ । यसअघि मंगलबार राती पेलोसीको विमान चीनमा उत्रनेबित्तिकै चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिअन्तर्गतको ताइवान मामिला कार्यालयले विज्ञप्ति जारी गर्दै पेलोसीको ताइवान भ्रमण अमेरिका र ताइवानबीच साँठगाँठको संकेत भएको र त्यसको परिणाम निकै गम्भीर हुने चेतावनी दिएको थियो ।
अहिलेलाई खतरा टरेको देखिए तापनि ताइवानमा रहेका करिब दुई सय नेपालीमा भने अझै आक्रमणको त्रास छ । उनीहरू भन्छन्, ‘साई इङले अनावश्यक जोखिम मोलिन् भन्ने स्थानीयको धारणा छ, मेरो पनि धारणा त्यही हो ।’
चीनले आक्रमण गर्यो भने करिब २ करोड ४० लाख ताइवानी मात्र प्रभावित हुने होइन, त्यसको प्रभाव अन्तर्राष्ट्रिय रूपमै पर्ने निश्चित छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा