ललिता निवास प्रकरणः बस्न्यातविरुद्ध दायर मुद्दाको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले दीप बस्न्यातविरुद्ध विशेष अदालतमा दायर भएको मुद्दाको सक्कल फाइल झिकाउन आदेश दिएको छ ।
बालुवाटारको ललिता निवास जग्गा व्यक्तिको नाममा पुर्याउन तत्कालीन भौतिक मन्त्रालयको सचिवको हैसियतले भूमिका खेलेको अभियोगमा अख्यिार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको छ । उक्त मुद्दाको सुनुवाई गर्दै विशेषले पुर्पक्ष थुनामा रहेका बस्न्यातले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा दोस्रोपटक सुनुवाइ गर्दै सर्वोच्चले सक्कल फाइल ल्याउन भनेको हो ।
न्यायाधीश दीपककुमार कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले आज बिहान साढे १० बजेभित्र विशेष अदालतबाट मुद्दाको सक्कल फाइल ल्याउन आदेश दिएको हो । डिल्ली बजार कारगारमा रहेका बस्न्यातले यही वैशाख १७ गते सर्वोच्चमा बन्दीको निवेदन दिएका थिए ।
उक्त निवेदनमाथि सुनुवाइ गर्दै १९ गते सर्वोच्चले विपक्षीलाई थुनामा राख्नुको र छाड्नु नपर्ने कुनै आधार र कारण भएका तीन दिनभित्र पेश गर्न भनेको थियो । लिखित जवाफ परेपछि हिजो तोकिएको पेशीमा संयुक्त इजलासले विशेषमा पेश भएको सक्कल फाइल ल्याउन भनेको हो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासाेतीः बालबच्चालाई अस्पताल लैजानु नपरोस्, औषधि खुवाउन नपरोस्,
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी