मनसुनमा मनमाेहक काठमाडौं (फोटोफिचर)

  • Breaking
  • २०७९ श्रावण २१, शनिबार ११:०१

प्रकृतिसँग रमाउन न कुनै सीमा न कुनै बाँध, रमाउनका लागि न कसैले संवाद गर्छन् न कसैले विवाद, प्रकृतिमा हरेक बेला रमाउन सकिन्छ।

जीवनको गतिलाई नयाँ तरिकाले फरक प्रवाहमा हिँडाउन कहीले काहीँ प्रकृति नै निर्णायक बन्छ। मनलाई खुशी बनाउन र मन बहलाउनका लागि एकान्तको साथी बनिदिन्छ। काठमाडौंको प्रकृति पनि त्यो भन्दा फरक छैन।

बीच शहरमा भन्दा अलि भित्रि गाउँतिर प्रवेश गरेपछिको काठमाडौंको स्वरुप नै फरक छ। अरू बेला धुवाँ र धुलोले हेरिनसक्नु हुने काठमाडौं सिमसिम पानीमा पानीसँगै खेलौँखेलौँ लाग्ने बनाउँछ। प्रकृतिसँगै रमाउन मन लाग्ने बन्छ। प्रकृतिको छटामा एकटक नियाल्न मन लाग्छ अनि त्यसमै हराउन।

हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ। यतिबेला केही स्थानमा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनिरहेको छ। बाढी,पहिरो र भूक्षयको त्रास पनि त्यत्तिकै छ।

प्रकृतिको खेल कतै खुशीयाली त कतै रुवाबासी। कतै प्रकृतिकै कारण खुशी मिलेको छ त कतै प्रकृतिकै कारण उठिवास भएको छ। यो अवस्थामा एकले अर्काको साथ लिइ सबैले प्रकृतिको संरक्षण गर्दै होस्टेमा हैसे मिलाएर सुरक्षित र शतर्कता अपनाइ प्रकृतिमा रम्न र रमाउन सक्नुपर्छ।

अर्कोतिर मनसुनबाट नै मानिसले प्रकृतिको भरपुर मनोरञ्जन लिइरहेका छन् । अन्नबाली उत्पादनको लागि पनि यतिबेला प्रकृतिले पानी वर्षाइदिन्छ।

साँच्चिकै प्रकृति एउटा रचनाको श्रोत हो । भएका फोहोरलाई पन्छाएर अघि बढ्नसके प्रकृतिले पनि हामी मानवलाई त्यत्तिकै प्रेम गर्नेछ।

आजको फोटोकथामा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले काठमाडौं उपत्यकामा मानिस र प्रकृतिसँग र प्रकृति मानिससँगै रमाइरहेका दृश्यलाई समेटिएको छ।

हेर्नुहोस् तस्बिरहरू

 
  • सम्बन्धित समाचारहरूः

    • २०८१ बैशाख १२, बुधबार १२:४१
    • 195 views
    नेपाल र कतारबीच ८ वटा विषयमा द्विपक्षीय समझदारी/कतारी टोलि आजै स्वदेश फर्कँदै

    वैशाख १२, काठमाडौं,  नेपाल र कतारबीच विभिन्न आठवटा क्षेत्रमा द्विपक्षीय लगानी एवं सहकार्य गर्ने सम्झौता भएको छ । नेपाल भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी…

    विस्तृत.....

    • २०८० चैत्र २, शुक्रबार १७:५१
    • 191 views
    पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारी

    पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारी गरिएको छ ।  चैत ४ गते, आइतबार काे दीन तामझामका साथ प्रधानमन्त्रीबाट घोषणा हुँदैछ । यसकै पूर्वसन्ध्यामा पोखराका सडकमा मागी हिँड्नेहरुलाई उठाइएको छ ।…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *