राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन हुँदै, आजै नामावाली प्रकाशन गरिने

काठमाडौं । जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन आज हुँदैछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले संघीयता विज्ञ खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन् ।
देवकोटा उम्मेदवारी दर्ताका लागि आज बागमती प्रदेशको राजधानी हेटौंस्थित निर्वाचन अधिकृतको कार्यालय जानु हुनेछ । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्वाचन आयोगले दिएको छ ।
उम्मेदवारको नामावली आजै प्रकाशन गर्ने आयोगको तयारी छ । नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा भएको निर्वाचनमा बागमती प्रदेश अन्य समूहतर्फबाट रामबहादुर थापा बादल यहाँबाट निर्वाचित हुनुभएको थियो ।
उहाँ नेकपा एमालेको केन्द्रीय सदस्य भएपछि माओवादीले कारवाही गरेको थियो । कारवाहीपछि रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो । यहाँ गृहमन्त्री बादललाई नै नेकपा एमालेले उम्मेदवार बनाउने तयारी गरे पनि निर्णय गरिसकेको छैन ।
हिजो बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले मतको आँकलन गरेर उम्मेदवारी दिइने र पार्टीका उम्मेदवारलाई जिताउने निर्णय गरे पनि उम्मेदवारी कसले दिने भन्ने टुंगो लगाएको थिएन ।
केही समयअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई नै उठाउने र जिताउने बताउनुभएको थियो । यो निर्वाचनका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

मङ्लबार, अशोज १६, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा