टेलिकमले पूरा गर्यो ई-सिमको परीक्षण, वितरणको तयारी चल्दै

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को सम्पूर्ण तयारी सम्पन्न गरेको छ । हाल बजारमा उपलब्ध हुने प्लास्टिक तथा धातुबाट निर्मित चिप जडित कार्डको विकल्पमा कम्पनीले मोबाइल तथा अन्य डिजिटल उपकरणमै ‘इम्बेड’ (गाँस्न) गर्न सकिने ई–सिम उपलब्ध गराउने भएको हो ।
त्यसका लागि आवश्यक सम्पूर्ण परीक्षण सम्पन्न गरी बिक्रि वितरण गर्ने मोडेलको तयारी भइरहेको टेलिकमले जनाएको छ । “ई-सिम परीक्षणको सम्पूर्ण काम सम्पन्न भएर वितरणको लागि तयारी अवस्थामा छ,” टेलिकमका प्रवक्ता शोभन अधिकारीले टेकपानासँग भने, “तर, त्यसको वितरण मोडेल भने फाइनल हुन सकेको छैन् ।”
दोस्रो विकल्प भनेको ग्राहक भौतिक रूपमा नै कार्यालयमा पुगेर लिने पुरानै प्रकृया हो । यी दुई विकल्प मध्ये सुरुमा भौतिक उपस्थिति गरेर त्यसैलाई क्रमशः अनलाइनमा रूपान्तरण गर्ने कुरा पनि भइरहेको उल्लेख छ ।
“अहिले अड्किएको कारण यही मात्र हो,” टेलिकमका एक जना प्राविधिकले भने, “वितरणको मोडल फाइनल हुने बित्तिकै ई-सिमको वितरण सुरु हुन्छ । यदि भौतिक रूपमा उपस्थित गराएर वितरण गर्ने हो भने हामी यही साउन भित्रै सेवा उपलब्ध गराउन सक्छौँ ।”
कम्पनीले ई-सिम सपोर्ट गर्ने सेटहरूमा त्यसको परीक्षण गरिसकेको छ । हाल बजारमा सुरुमै ई-सिम सपोर्ट गर्ने गरी आएका स्मार्टफोनका मोडल थोरै भएपनि ग्राहकले जुनसकुै मोबाइललाई पनि ई-सिम सपोर्ट गर्ने बनाउन सक्ने समेत देखिएको टेलिकमले जनाएको छ ।
“सुरुमै ई-सिम इनेबल नभएका मोबाइलमा पनि ई–सिम सपोर्ट गर्ने बनाउनका लागि समेत छुट्टै प्रविधि उपलब्ध रहेको देखियो,” टेलिकमका प्राविधिकले भने, “त्यसका लागि हाल उपलब्ध सिममा एउटा डमी सिमको रुपमा एडप्टर राखेर प्रयोग गर्न सकिन्छ । त्यसो भएको खण्डमा धेरै प्रयोगकर्ताले ई-सिम प्रयोग गर्न सक्छन् ।”

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

स्याङ्जा,दिपक विश्वकर्मा- स्याङ्जाकोअर्जुनचौपारि गाउँपालिका द्वारा शैक्षिक अतिरिक्त क्रियाकलाप

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै

१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ

१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम