प्रतिनिधि सभाको बैठक : निलम्वित प्रधानन्यायाधीश राणा विरुद्धको महाअभियोग प्रस्ताव पेश हुने

काठमाडौं । प्रतिनिधि सभाको आज आइतबार बस्ने बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगमाथिको छलफल प्रक्रिया अघि बढ्ने भएको छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज बिहान ११ बस्ने बैठकमा महाभियोगको प्रस्ताव पेश हुनेछ ।
गत फागुन १ गते नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का ९८ सांसदको हस्ताक्षरसहित संसद सचिवालयमा राणा विरुद्ध विभिन्न २१ वटा आरोपसहित महाभियोग दर्ता गरिएको थियो ।
प्रस्ताव दर्ता भएको साढे पाँच महिनापछि बल्ल उक्त प्रस्तावमाथिको छलफल अघि बढाउन लागिएको हो ।
आइतबारको संसद बैठकमा महाभियोगका प्रस्तावकले राणा विरुद्धको प्रस्ताव टेबल गर्नेछन् भने त्यसपछि सभामुखले प्रस्तावमाथि छलफलको समय तोक्नेछन् । छलफल सकिएपछि उक्त प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाइने छ ।
समितिले कारवाही अघि बढाएपछि प्रधान न्यायाधीश राणालाई सफाई पेश गर्न सात दिनको समय दिइने छ । सफाइ चित्त नबुझेमा समितिले महाअभियोग प्रस्तावलाई निणयार्थ पेश गर्न सदनमै पठाउने छ । प्रतिनिधि सभाको तत्काल कायम रहेको सदस्य संख्याको दुईतिहाइ बहुमतले महाअभियोग पारित गर्नुपर्दछ ।
सम्भावित कार्यसूची :


मङ्लबार, अशोज १६, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव