माछा पालनबाट वार्षिक ४० लाख आम्दानी
काठमाडौं । सुनसरी बराह क्षेत्र नगरपालिकाका किसानले माछा उत्पादन गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् ।
सो नगरपालिका–१० निवासी भीष्म अधिकारीले त्यस क्षेत्रमा माछा उत्पादन गरेर नै आफ्ना पहिचान बनाउनुभएको छ । अधिकारीले अहिले १५ बिघामा २९ पोखरी बनाउनुभएको छ ।
मेहेनती अधिकारी पाँच वर्षदेखि यो पेशामा आवद्ध हुनुहुन्छ । एउटा पोखरीको माछा उत्पादनबाट आम्दानी हेरेर संख्या बढाएको उहाँले बताउनुभयो । उहाँले गएको वर्ष ४० लाख रुपैयाँको माछा बिक्री गर्नुभएको थियो । अभियानमुखी बहुउद्देश्यीय कृषि फार्मबाट उहाँले माछाका दाना उत्पादन गर्ने कारखाना स्थापना गर्नुभएको छ ।
दाना उद्योगबाट वर्षेनी ४० टन दाना उत्पादन भइरहेको र प्रतिकेजी रु. ५६ सम्म बिक्री भइरहेको बताइएको छ । पानीमा तैरने र नतैरने दुई किसिमको दाना उत्पादन गर्न अधिकारीले स्थानीयस्तरमा उत्पादन हुने मकै, धान खरिद गरी किसानलाई प्रोत्साहन गर्नुभएको छ ।
किसानले उत्पादन गर्ने धान, मकै, पीना, भटमास, तोरी र दालको भूस माछाका दाना बनाउन खरिद गर्ने गरेको बताइएको छ । सात जनाले नियमित रोजगारी पाएको सो फार्मको विकास र उन्नतिका लागि प्रदेश नं १ सरकारले ३० लाख रुपैयाँ अनुदान दिएको अधिकारीले जानकारी दिनुभयो । प्राप्त अनुदानबाट ७५ लाखमा एक ठूलो गोदाम घर निर्माण भएको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासाेतीः बालबच्चालाई अस्पताल लैजानु नपरोस्, औषधि खुवाउन नपरोस्,
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी