५ लाखको कानले कानेपोखरीको बदनाम

२४ साउन, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाले निर्माण गरेको कानको प्रतिमाका कारण पालिकाको बदनामी भएको छ ।
संघीय सरकारले आर्थिक वर्ष ०७७/०७८ को अन्त्यमा पठाएको सर्शत अनुदानबाट निर्माण भएको कानको प्रतिमाका कारण पालिकाको सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।
संघीय सरकारका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको पहलमा कानेपोखरी संरक्षणका लागि सशर्त अनुदानमार्फत ५० लाख रुपैयाँ प्राप्त भएको थियो । कानेपोखरी ढकालकै निर्वाचन क्षेत्रमा पर्छ ।
सो रकमले पोखरीको प्रवेशद्वार, शौचालय, प्रतीक्षालय, ट्र्याक ओपन, गिट्टी बिछ्याउने, कान र हरिणको प्रतिमा, ह्युमपाइप जडानलगायतको काम भएको छ । पालिकाले कानको प्रतिमा बनाउँदा मात्रै पाँच लाख रुपैयाँ खर्च भएको बताएको छ ।
‘यस पालिका र उपभोक्ता समितिबीच २०७८ जेठ ७ गते सम्झौता भएको थियो । २०७८ असार २५ गते फरफराक भएको उक्त आयोजनाको प्राविधिक नापजाँच गर्दा ४१ लाख ८० हजार १५० रुपैयाँ बराबरको कार्यसम्पन्न प्रतिवेदन तयार भएको थियो’, गाउँपालिकाको अध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे, लेखा अधिकृत अजित भट्टराईको संयुक्त विज्ञप्तिमा भनिएको छ,‘आयोजना कार्यसम्पन्न प्रतिवेदन अनुसार कानको सालिकमा पाँच लाख रुपैयाँ खर्च भएको देखिएको व्यहोरा सरोकारवाला सबैमा जानकारीका लागि अनुरोध छ ।’
पलिकाले निर्माण गरेको कानको प्रतिमा सामाजिक सञ्जालमा भाइरल भएको छ । फजुल खर्च गरेको भन्दै आलोचना भएपछि विज्ञप्ति जारी गरेर पालिकाले ऐतिहासिक तथा पूरातात्विक महत्व बोकेको पोखरीको संरक्षणका लागि बजेट खर्च गरेको बताएको हो ।
पालिकाले निर्माण गरेको संरचनाको गुणस्तरमा महालेखा परीक्षकले त्रुटि देखाएको छ । ‘स्थलगत अनुगमन गर्दा निर्माण भएको ट्रस्टको पेटी एक वर्ष पनि नपुगी भत्किएको देखियो’, महालेखाको प्रतिवेदनमा भनिएको छ,‘पालिकाले मर्मतको लागि उपभोक्ता समितिलाई जिम्मेवार बनाउनुपर्ने, मर्मत सम्भार कट्टी गरेर नियमावलीले तोकिएको अवधिसम्म राख्नुपर्ने तथा कामको गुणस्तरलाई ध्यान दिनुपर्ने देखिन्छ ।’

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव