अध्यक्ष दाहाल र जापानको सत्तारुढ पार्टीका नेताहरूबीच भेटवार्ता
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूबीच भेटवार्ता भएको छ ।
जापानको राजधानी टोकियोस्थित पार्टी मुख्यालयमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धलाई सुदृढ गर्न उच्च तहका भ्रमणहरूको आदानप्रदान गर्ने विषयमा छलफल भएको छ ।
यस्तै, स्थानीय शहर र नगरहरूबीच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, पर्यटन, जलविद्युत्, भौतिक पूर्वाधारको क्षेत्रमा जापान सरकारबाट हुँदै आएको सहयोगलाई अझ वृद्धि गर्दै जाने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालले लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता, पूर्वमन्त्रीहरू, सांसदहरू र नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निक्कइसँग पनि भेटवार्ता गर्नुभएको छ ।
दाहाल शुक्रबार राति पोखराका लागि प्रस्थान गर्नुभएको थियो । उहाँ भोलि स्वेदश फर्कँदै हुनुहुन्छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
सन्जय भट्टराई, कावासोती । चाडपर्व नजिकिदै जादाँ नारायणगढ–बुटवल सडकको
कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री
कावासोती । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्रीलाई