सिन्धुलीमा सम्बन्ध विच्छेदका मुद्दा दर्तामा वृद्धि
सिन्धुली । सिन्धुली जिल्ला अदालतमा अत्याधिक रुपमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको छ ।
प्रेम विवाह, मागीविवाह गरेकाहरुले समेत घर व्यवहारमा श्रीमान र श्रीमतीकाबीचको सम्बन्धमा समस्या उत्पन्न भएका कारणले सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका हुन् । आर्थिक वर्ष २०७८/०७९ मा २ सय ४१ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । कुल मुद्दाको १७.०५ प्रतिशत सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको सिन्धुली अदालतले जनाएको छ ।
यस्ता मुद्दा मध्ये १ सय ७४ थान मुद्दा फर्छ्याेट भएको छ भने ६७ थान मुद्दा बाँकी रहेका छन् । सिन्धुली जिल्ला अदालतमा गत आर्थिक वर्ष २०७७/०७८ मा १ सय ४१ वटा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएका थिए । तर पछिल्लो एक वर्षमा सम्बन्ध विच्छेदका १ सय भन्दा बढी मुद्दा अदालतमा दर्ता भएका छन् ।
कम उमेरमा विवाह गर्ने र उमेर पुगेपछि श्रीमान र श्रीमतीको सम्बन्ध राम्रो नभएपछि अदालतमा सम्बन्ध विच्छदेका मुद्दा बढी आउने गरेको छ । बालविवाह, विपन्नता, मोबाइलको दुरुपयोग, वैदेशिक रोजगारी र अशिक्षा जस्ता कारणले पनि सम्बन्ध विच्छेदको मुद्दा बढेको अनुमान गरिएको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार
२१ कात्तिक, विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला
२१ कात्तिक, काठमाडौं । खुँडा प्रहार गरेर ज्यान
सन्जय भट्टराई, कावासोती । गत कार्तिक ३ गते बुलिङटारबाट
काठमाडौं : बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय