एकैदिन कोरोना संक्रमणबाट ३ जनाको मृत्यु, ८६८ जना संक्रमित

२५ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने थप ८६८ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै बुधबार कोरोना संक्रिय संक्रमितको संख्या ८ हजार ८८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३७ हजार ६३० पुगेको छ ।
यस्तै १० वर्ष मुनिका ६ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११देखि २० वर्ष उमेर समूहका ३० जनामा कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

९ असोज, काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग ललिता