तीन महिनापछि खुल्यो संस्कृत विश्वविद्यालयमा लागेको ताला

२५ साउन, दाङ । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला तीन महिनापछि खुलेको छ । नेपाल विद्यार्थी संघले विभिन्न १४ बुँदे माग राख्दै विश्वविद्यालयमा लगाएको ताला करिब तीन महिनापछि खोलेको हो ।
साउन २२ गते आइतवार उच्च अदालत तुलसीपुरले विश्विद्यालयमा लागेको ताला खोल्न भन्दै अन्तरिम आदेश जारी गरेपछि आन्दोलनरत नेपाल विद्यार्थी संघ नेपाल संस्कृत विश्वविद्यालय संर्घष समितिले बुधवार ताला खोलेको हो ।
विश्वविद्यालयमा लागेको तालाबन्दीविरुद्ध अधिवक्ता कुलबहादुर भण्डारीले गरेको मुद्दामाथि फैसला सुनाउँदै उच्च अदालतले तालाबन्दीले पठनपाठनमा असर पुगेको भन्दै आन्दोलनरत विद्यार्थी संगठनलाइ ताला खोल्न आदेश अन्तिरिम आदेश जारी गरेको थियो ।
ताला खोलिएसँगै विश्वविद्यालयको रोकिएको सम्पूर्ण गतिविधि सुरु भएको विश्वविद्यालयका राजिष्ट्रार माधव अधिकारीले बताए ।
आन्दोलनतर नेविसंघले १४ बुदे माग राख्दै वैशाख १९ गते विश्वविद्यालय केन्द्रीय कार्यालयमा ताला लगाएका थिए । विश्वविद्यालयमा दिक्षान्त तीन महिनाभित्र हुनेपर्ने, विश्वविद्यालयभित्र भएका आर्थिक अनियमितताको छानबिन गर्नुपर्ने, विद्यार्थीको छात्रावृति दुई सय प्रतिशतसम्म वृद्धि गर्नुपर्ने, आंशिक शिक्षकहरुलाई व्यवस्थापन गर्नुपर्ने, विद्यार्थीहरुको छात्रवृत्ति दुई सय प्रतिशतले वृद्धि गर्नुपर्ने लगायतका माग राख्दै विश्वविद्यालयमा तालाबन्दी गरेका थिए ।
त्यसपछि गत जेठ २९ गते विश्वविद्यालयका तर्फबाट गठित वार्ता समिति र आन्दोलनरत विद्यार्थी संगठन बीचमा वार्ता गरी ११ बुँदामा सहमति भएको थियो । तर नेविसंघले सबै माग राख्दै तालाबन्दी खोलेको थिएन । त्यसपछि दोस्रो चरणको बैठकपछि असार १९ गते नेविसंघले विश्वविद्यालयको मुल गेट र प्रशासन शाखामा लगाएको ताला खाले पनि उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार लगायतका कार्यकक्ष र अन्य महाशाखाहरुमा लगाइएको तालाबन्दी जारी राखेको थियो ।
तीन महिनादेखि तालाबन्दी हुँदा विश्वविद्यालयमा कुनै पनि गतिविधि हुन सकेका थिएन । त्यस्तै विश्वविद्यालयले दूरगामी प्रभाव पर्ने खालका कुनै पनि निर्णय गर्न सकेको थिएन ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव